अब बिदेशी च्यानलले नेपालमा मन्जुरीबिना विज्ञापन गर्न नपाउने

काठमाडौंः नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने भएका छन् । सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब यो नियम लागू भएको हो ।
विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान राखेको छ ।
यसको प्रत्यक्ष प्रभाव मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्नेछ । विगतमा उम्मेदवारहरुले एसएमएसबाट भोट माग्ने प्रथा बसेको थियो ।
ऐनले व्यापारिक प्रवद्र्धनका लागि सामूहिक एसएमएस र इमेल पठाइने बढ्दो प्रचलनलाई रोक लगाएको छ । यद्यपि, अहिले प्रचलनमा रहेको सामाजिक सञ्जालबाट हुने विज्ञापनका विषयमा भने यो विद्येयक मौन रहेको छ । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।
विज्ञापन बिदेशी च्यानल