News

आज काठमाडौँ उपत्यकाको तापक्रम यो बर्षकै कम, १० डिग्री सेल्सियस मापन गरियो

आज काठमाडौँ उपत्यकाको तापक्रम यो बर्षकै कम, १० डिग्री सेल्सियस मापन गरियो

काठमाडौँ।  काठमाण्डौ उपत्यकाको तापक्रम मंगलबार बिहान यो वर्षकै कम मापन गरिएको छ । मंगलवार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यस्तै सोमवार भने काठमाडौँको तापक्रम ११ डिग्री सेल्सियस थियो । यसअघि गएको ७ गते काठमाण्डौको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो। 

अब बिस्तारै तापक्रम अझै घट्दै जाने मौसमविद्ले बताएका छन् । बुधवारदेखी भने देशैभरको मौसम बदली भई केहि स्थानमा हल्का वर्षा हुने सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  

पश्चिमी वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको मौसम मंगलबार आशिंकदेखि सामान्य बदली हुने मौसमविद् बासीले जानकारी दिनुभयो । तर, अरु ठाउँको मौसम भने सामान्यतया सफा हुने उहाँको अनुमान छ ।

तापक्रम काठमाडौं उपत्यका

विशेष