विदेश

बंगलादेशमा दुईओटा रेल एकआपसमा ठोकियो: १५ जनाको मृत्यु ५० भन्दा बढी घाइते

बंगलादेशमा दुईओटा रेल एकआपसमा ठोकियो: १५ जनाको मृत्यु ५० भन्दा बढी घाइते

ढाका।  बंगलादेशस्थित ब्रह्मनबरिया जिल्लामा मंगलवार दुईओटा रेल एक आपसमा ठोक्किदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ।  भने ५० भन्दा बढी घाइते भएका छन।  

सिल्हेतबाट चट्टोग्रामतिर गइरहेको उदयन एक्सप्रेस मोन्दोभाग रेलवे स्टेसनमा बिहान ३ बजेतिर ढाका गइरहेको टर्ना निशिता एक्सप्रेससँग ठोकिएको थियो ।

अखौरा रेलवे प्रहरी चौकीका अधिकारी श्यामल कान्ति दासले १२ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य धेरै घाइते भएको बताएका छन।  घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।  

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

 

बंगलादेश

विशेष