बंगलादेशका राष्ट्रपतिको भ्रमण : कम महत्व पाएको सद्भावना भ्रमण

बंगलादेशका राष्ट्रपतिको भ्रमण : कम महत्व पाएको सद्भावना भ्रमण

काठमाडौँ । बंगलादेशका राष्ट्रपति काठमाडौँ ओर्लिएका छन् । पछिल्लो समय नेपालमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले धमाधम भ्रमण गरिरहेका छन् । काठमाडौँमा २३ वर्षपछि चिनिया राष्ट्रपति सि चिनफिङले भ्रमण गरे । सरकारले निकै तामझामसाथ स्वागत गर्यो । मंगलबार बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आएका छन् । तर भ्रमणलाई लिएर त्यति ठूलो प्रचार प्रसार गरिएको छैन ।

न त ठूलो होहल्ला गरिएको छ ।  सानो केही भए ठूलो हल्लाखल्ला गर्ने देशमा किन चुप त ? एक विज्ञ भन्छन् –‘सद्भावना भ्रमण, संवैधानिक राष्ट्रपति त्यस हिसाबले पनि ठूला देशका कार्यकारी आएझैँ नभएको हो कि ?’बंगलादेशका राष्ट्रपतिको यो भ्रमण सद्भावना भ्रमण भनिएको छ । यसका विगतका सम्झौता कार्यान्वयनमा जोड दिने नयाँ सम्झौता नहुने नेपाली अधिकारीले जनाएका छन् ।

त्यसो त दक्षिण एशियाका निकट छिमेकी देश भए पनि नेपाल र बंगलादेशबीको सम्पर्क सञ्जाल सीमित छ । तथापि नेपाल र बंगलादेशबीच व्यापारिक कारोबार हुने गरेको छ । कारोबारमा नेपाल घाटामा रहने गरेको भएपनि व्यापारमा वृद्धि हुँदै आएको छ। नेपालले मुसुरोको दाल, चिराइतो, डाबर नेपालका उत्पादन, रिठ्ठो, धागो लगायत बंगलादेश निर्यात गर्छ। तर भन्सार अचाक्ली भएकाले पनि व्यापार घाटा रहेको व्यवसायीहरु बताउँछन् ।

अहिले नेपालले जलविद्युत क्षेत्रमा ठूलो फड्को मार्दै गरेकाले आगामी दिनमा विद्युत निर्यात गर्न सकिने देशको रुपमा बंगलादेशलाई हेरिएको छ । अर्कोतर्फ नेपाल र बाङ्ग्लादेशबीच विद्युत व्यापारका लागी समझदारी समेत भैसकेको छ। तर विद्युत व्यापारका लागि भारतको साथ लिनुपर्ने अवस्था रहेको छ।
बंगलादेशले सन् २०४० सम्म नौ हजार मेगावाट नेपालबाट किन्ने भनेको हो। 

राष्ट्रपतिको यस्तो छ तालिका 

राष्ट्रपति हमिदले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने बताइएको छ। नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा उनले नेपालका विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गर्ने तालिका पनि छ । राष्ट्रपति हमिदले पोखरा, भक्तपुर र काठमाण्डौका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने पनि कार्यक्रम छ । 

-यो समाचार पब्लिक न्युज एजेन्सी(Publicnewsagency.com)बाट साभार गरिएको हो । यहाँले पनि पब्लिक न्युज एजेन्सीबाट साभार गरी पुनः प्रकाशन गर्न सक्नुहुनेछ । 

संम्बधित खबर

विशेष