गुनिला नर्वेली

घरमा फलेको फलफूल आफूलाई बढी भयो भने तपाईं के गर्नुहुन्छ ? स्वभाविक बजारमा पठाउनु हुन्छ होला हैन ? नर्वेबासी भने त्यसो गर्दैनन । उनीहरु आफूले उपभोग गरेपछि बाँकी रहेको फलफूल सार्वजनिक बाटोमा प्लाष्टिकको झोलामा झुण्ड्याएर राखिदिँदा रहेछन् । आफ्नो घरमा स्याउ नफल्नेका लागि यसरी फलफूल झुण्ड्याइने चलन नै रहेछ । हाम्रो शास्त्रले भन्छ– ‘चाहिने भन्दा बढी थुपार्नु पनि अपराध नै हो ।’ नर्वेलीको यो सिको हामी पनि गर्ने कि ?