ठूलाबडाका अंग्रेजी गुरु

ठूलाबडाका अंग्रेजी गुरु

काठमाडौँ । अहिलेको पुस्ता अंग्रेजीमा दख्खल राख्छ । पहिले भन्दा सहज र धेरै व्यक्ति अंग्रेजीमा विज्ञ बन्दै गइरहेको छ । तर हाम्रा नेताहरुको अंग्रेजी कस्तो होला ? चेतप्रसाद भट्राई अर्थात सिपी भट्टराई नेतादेखि, प्राध्यापक, हाकिमहरु, सेना प्रहरीका अंग्रेजी मास्टर हुन् ।

उनीकहाँ ८ सय जति सांसदले अंग्रेजी पढेका छन् । उनी भन्छन् –‘३० वर्षे अवधिमा ८ सय सांसद, केही मन्त्री, नेता, सेना प्रहरीका सबै उच्च अधिकारीलाई अंग्रेजी पढाएको छु ।’ भट्टराईसँग राष्ट्रपति विद्यादेवी भण्डारीले पनि अंग्रेजी सिकेकी थिइन् । उहाँले कतिदिन पढ्नुभयो भन्ने नेपाल आजको प्रश्नमा उनले भने–‘१५ दिन जति पढाएको थिएँ ।’  

अहिले पनि भट्टराईसँग नेताहरु अंग्रेजी पढिरहेका छन् । त्रिविमा प्राध्यापक बनेकासमेत उनीसँग अंग्रेजी सिक्न आएका थिए । उनी भन्छन् –‘ द राइजिङ नेपालमा १३ वर्ष एडिटर बनिसकेका व्यक्ति पनि आए । मैँले पढाएपछि उनी सन्तुष्ट भए अहिले क्यानडामा छन् ।’

भट्टराईले नेपाल प्रहरीका उच्च अधिकारीलाई पनि पढाए । सिकाउने मामिलामा खरो उनको आफ्नै शैली छ । उनले ठूला ठूला नेताका घरमैँ पुगेर अंग्रेजी पढाए । खाशमा सिक्ने मामिलामा चाहिँ कसको स्वभाव कस्तो थियो भन्नेबारे हामीले उनीसँग कुराकानी गरेका छौँ ।

उनले यसबारे पनि सविस्तार जानकारी गराएका छन् । ठूला ठूला व्यक्तिलाई अंग्रेजी सिकाउने उनलाई हामी भन्छौँ –भिभिआइपीका अंग्रजी मास्टर’ । अंग्रेजी भाषाका विज्ञ भट्टराईसँगको विस्तृत कुराकानी :

संम्बधित खबर

विशेष