News

सीको भ्रमणपछि चिनियाँ पर्यटक आगमन बढ्यो

सीको भ्रमणपछि चिनियाँ पर्यटक आगमन बढ्यो

काठमाडौँ।  चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्न थालेको छ। भ्रमणका क्रममा चिनफिङले नेपाल दक्षिण एसियामा चिनियाँले मन पराउने मुलुक भएको, भ्रमण वर्षमा चीनले सहयोग गर्ने र चिनियाँको आकर्षणको गन्तव्य लुम्बिनी भएको बताएका थिए।

राष्ट्रपतिको भ्रमणले चिनियाँको नेपाल भ्रमण बढाउन सहयोग पुर्‍याएको पर्यटन व्यवसायी बताउँछन्। एउटै भ्रमण टोलीमा १ सय १५ चिनियाँ पर्यटक नेपाल घुम्न आएको विषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले सीको भ्रणमको सकारात्मक प्रभावका रूपमा मंगलबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्।

चिनियाँ पर्यटक वृद्धि सन् २०२० को निम्ति पनि राम्रो संकेत भएको मन्त्री भट्टराईको भनाइ छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा राजु बास्कोटाले लेखेका छन।  

सी चिनफिङ

विशेष