नारायणगढ-बुटवल सडकखण्ड: रुख काट्ने विवादले विस्तारमा अवरोध
काठमाडौँ। पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन ।
सडकखण्ड विस्तारका लागि शिलान्यास गरिएको आठ महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)बारे अन्तिम स्वीकृति प्रदान हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते सो सडकखण्ड विस्तारका लागि शिलान्यास गर्नुभएको थियो ।
सडक विभागले यसअघि नै वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन तथा वातावरणमा स्वीकृतिका लागि पठाइसकेको छ भने रूख काट्ने अनुमति माग गरे पनि स्वीकृति प्राप्त गर्न सकेको छैन ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुङ्गानाले सो सडक विस्तार आयोजनामा सडक विभागले पेस गरेको रूख सङ्ख्या र रूखको वास्तविक सङ्ख्यामा पाँच गुणासम्म फरक परेका कारण ‘ईआईए’ प्रतिवेदन र रूख कटान स्वीकृतिबारे ढिलाइ भएको स्पष्ट पार्नुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन।
नारायणगढ-बुटवल सडक