News

प्रधानमन्त्री गृहनगरमा २५ तले भ्यु टावर

प्रधानमन्त्री गृहनगरमा २५ तले भ्यु टावर

झापा।  प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा  २५ तले 'भ्यु टावर' निर्माण सुरु भएको छ।  संघीय सरकार अन्तर्गतको सघन सहकारी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपियाँमा ठेक्का लगाएर दमक नगरपालिका-३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो।  

ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, साईराम जेभी ललितपुरले संयुक्त रुपमा पाएका छन।  २०७६/०७७ मा भएको ठेक्का सम्झौता अनुसार २०७८ मा निर्माण सक्नुपर्ने छ। 

सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयले मात्र लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख बिनोद सिंहले बताए।   

भ्यु टावरका लागि पाँच बिघा जमिन छुट्याईएको छ।  स्थानीयले १० धुरदेखी एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निशुल्क उपलब्ध गराएका हुन्।  

यो समाचार आजको कान्तिपुर दैनिकमा अर्जुन राजवंशीले लेखेका छन।  

 

 

भ्यु टावर

विशेष