News

विरोधको नयाँ स्वरूप : समयमा काम नगर्ने ठेकेदारको फोटोसँगै पशुको तस्बिर

विरोधको नयाँ स्वरूप : समयमा काम नगर्ने ठेकेदारको फोटोसँगै पशुको तस्बिर

भक्तपुर । पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक ६ वर्षसम्म निर्माण सम्पन्न नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

धुलोधुवाँ, हिलो र खाल्टाखुल्टीका कारण जनजीवन प्रभावित बनेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षमा पनि नबनेपछि स्थानीयवासीले समयमा काम नगर्ने ठेकेदार पशुसरह भएको भन्दै ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरको फोटो राखी विरोध गरेका हुन् ।

शैलुङ कन्ट्रक्सनले लामो समयदेखि नगरकोटको मुख्य सडक अलपत्र पार्दा स्थानीयवासीलाई ठूलो मर्का परेको भन्दै उनीहरूले यो सडक भएर गुड्ने सार्वजनिक यातायातका साधनमा ठेकेदार शारदा अधिकारीको फोटोसँगै बाँदर र कुकुरलगायत जनावरको फोटो टाँस गर्दै विरोध नयाँ थालनी सुरु गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा संजिव दुलालले लेखेका छन।  

विशेष