News

सगरमाथा घुम्न आएका फ्रान्सेली नागरिकको सुतेकै ठाउँमा मृत्यु

सगरमाथा घुम्न आएका फ्रान्सेली नागरिकको सुतेकै ठाउँमा मृत्यु

सोलुखुम्बु।  सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।

कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उनि मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जनाएका छन। 

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ । उनी एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा आएका थिए ।

यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

मृत्यु बिदेशी नागरिक

विशेष