१२ दिनसम्म चल्ने कात्तिक नाच आजदेखि सुरु
काठमाडौँ। ३ सय ७९ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको कात्तिक नाच आजदेखि सुरु भएको छ। १२ दिनसम्म चल्ने यो नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा देखाइने भएको छ।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भन्न थलिएको हो। यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख (लोक नाटक) १० दिन थपेर १५ दिनको पुर्याएको इतिहासकारहरुको भनाइ छ ।
यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ । २७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहोर्याई देखाइन्छ ।
विशेष गरी विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मञ्चन गरे जसरी भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक नाच हो । अन्य नाच बेलुका ७ बजे सुरु गरिन्छ भने विष्णु पुराणमा आधारित यो नाच भने मध्यरातमा प्रर्दशनी हुने गरेको छ ।
कात्तिक नाच आजबाट