News

प्रहरी जवान लक्षित गरि बम बिष्फोट गराउने भारतीय पक्राउ

प्रहरी जवान लक्षित गरि बम बिष्फोट गराउने भारतीय पक्राउ

रौतहट।  रौतहट ईशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकीस्थित मंगलवार ड्युटीमा रहेका प्रहरी जवानलाई लक्षित गरि बम बिस्फोट भएको छ। बम बिष्फोटको आरोपमा प्रहरीले भारत ढाका घर भएका चन्दन कुमारलाई पक्राउ गरेको छ।

बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरूले सुतली बम प्रहार गरी फरार भएपछि तत्काल उक्त प्रहरी चौकीको प्रहरी टोलीले उनीहरूलाई पिछा गरेका थिए। चौकीदेखि करिब १ किलोमिटर दक्षिण नेपाल भारत सिमा दशगजा नजिकबाट उक्त मोटरसाइकलका चालक कुमारलाई फेला पारी पक्राउ गरिएको हो।  

विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको छ। भने चौकी नजिकै चौरमा चरिरहेको १ बाख्राको मृत्यु भएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  

भारतीय बम बिष्फोट

विशेष