News

बेटी पढाउ, बेटी बचाउ अभियानप्रति अमेरिकी चासो

बेटी पढाउ, बेटी बचाउ अभियानप्रति अमेरिकी चासो

प्रदेश नम्बर २ को सरकारले सञ्चालनमा ल्याएको महत्वाकांक्षी कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेका छ ।

प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदूत -याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटेपछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन् ।

तीन दिनदेखि जनकपुरमा रहेका राजदुत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोली संग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाएकी छन ।

प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको बीमा, महिलाहरुको लागि लोकसेवा कक्षाको तयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालन गरिरहेको छ । 

बेटी पढाउ बेटी बचाउ

विशेष