रात परेपछि सडकमा भुत बनेर तर्साउने सातजना पक्राउ (भिडियोसहित)
एजेन्सी। युट्युबमा चर्चित हुनका लागि मानिसहरुले के मात्रै गर्दैनन् । कहिलेकाँही खतरनाक स्टन्ट गर्छन् भने कहिले ‘भूत’बनेर मानिसहरुलाई तर्साउँछन् ।
भारतको कर्नाटकको राजधानी बेंगलुरुमा यस्तै घटना सार्वजनिक भएको छ । भूत बनेर मानिसहरुलाई तर्साउने युट्युबर्सलाई पुलिसले पक्राउ गरेको छ । उनीहरु सेतो लुगा लगाएर, तर्साउने मेकअप गरेर रात परेपछि बाटो हिँड्नेहरुलाई तर्साउँथे ।
भिडियोमा देखिएअनुसार एक युवक सेतो कपडा र लामो कपाल भएको विग लगाएर राती ट्याम्पो र बाइकमा सवारहरुलाई तर्साइरहेको देखिन्छन् । मानिसहरुको उजुरीपछि पुलिसले सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका सात यु-ट्युबरको पहिचान शान मलिक, निवाद, स्यामुअल मोहम्मद, मोहम्मद अख्यूब, शाकिब, सयैद नाबील, युसूफ अहमदको रुपमा भएको छ । यी सातैजनाले कुकी पिडिया नामबाट यू–ट्युब च्यानल चलाउँछन्।
यसमा ‘भूत’ को प्र्यांक भिडियो पनि सेयर गरिएका छन् । सोसल मिडियामा कुकी पिडियाका भिडियो निकै रुचाइन्छन् । यो भिडियो यशवंतपुर रोडमा रहेको शरीफनगरमा सुट गरिएको छ ।
भिडियोमा देखिए अनुसार २०-२२ वर्षका युवक सेतो लुगा र कालो विग लगाएर निकै डरलाग्दो हाउभाउसहित सडकमा आइरहेको देखिन्छन् । बेंगलुरु नर्थ डिसीपी एस कुमारले भने, ‘युवकले जबरजस्ती बटुवालाई रोकिरहेका थिए र उनीहरुलाई तर्साइरहेका थिए । उनीहरुलाई पक्राउ गरिएको छ । ’
प्रयांक भुत