News

छात्रामाथि जबर्जस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रामाथि जबर्जस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ

चितवन।  बालिकामाथि जबर्जस्ति करणीको आरोपमा माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।

घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ।  उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताएका छन। 

शिक्षक पक्राउ  

विशेष