बाघको आक्रमणबाट एकै हप्तामा २ जनाको मृत्यु
बुटवल। बाँकेमा बाघको आक्रमणबाट एक हप्तामा दुईजनाको मृत्यु भएको छ।
मंगलवार जिल्लाको राप्ती–सोनारी–८ मा रहेको शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको पाटे बाघको आक्रमणबाट मृत्यु भएको छ। उनको छातीको अघिल्लो भाग पुरै बाघले खाएको बताईएको छ।
त्यस्तै यसअघि आइतबार पनि बाँकेको कोहलपुर नगरपालिका १३ खर्कबार नयाँबस्तीका ७५ वर्षीया काली बस्नेतको जङ्गलमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परि मृत्यु भएको थियो ।
दिनदहाडै बाघको आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयत त्रसित हुन थालेका छन। घटनासंगै बाघ नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीले जानकारी दिएका छन् ।
बाघ आक्रमण