सीके राउत नेतृत्वको जनमत पार्टी पनि उपनिर्वचनमा सहभागी हुँदै, कहाँ बाट दियाे उम्मेदवारी?
काठमाडौं । डा. सीके राउत नेतृत्वकाे समूहले मधेशलाई छुट्टै राष्ट्र बनाउने अभियान छाेडेर कानून अनुसार गत वर्ष राजनीतिमा आएकाे समूह हाे।
उक्त समूहले कानूनी रुपमा जनमत पार्टी नै दर्ता गरेर पछिल्लाे समय स्थानीय स्तरमा राजनीतिलाई आगडि बढाएकाे थियाे । साेही पार्टीले महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएको छ ।
मंसिर १४ गते उपनिर्वाचन हुने उक्त पदमा जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवारी दिएको पुष्टि गर्दै लाउडस्पिकर (हर्न) छाप लिएर चुनाव लडेको बताएका छन् ।
सर्लाहीको हरिपुर्वा नगरपालिका १ को वडाअध्यक्ष पदमा पनि उम्मेदवारी दिएको उक्त पार्टीले जनाएको छ । त्यहाँ दिनेश राय यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।