दरबारमार्ग सामूहिक बलात्कार प्रकरणमा भयाे यस्ताे फैसला

दरबारमार्ग सामूहिक बलात्कार प्रकरणमा भयाे यस्ताे फैसला

काठमाडौं – काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा डेढ वर्षअघि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतले फैसला सुनाएकाे छ। उक्त प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई जिल्ला अदालत काठमाडाैँले ५ वर्ष दुई महिना कैद सजाय सुनाएको छ ।

त्यस्तै जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । कार्कीले आफू पीडित भनिएकी युवतीका प्रेमी हुँ भनेका थिए । तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलात्कार गरेको अभियोग थियो ।

अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ । उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताए । किनकी, घटना भएका वेला मुलुकी अपराध संहिता लागू भइसकेको थियो । प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो ।

उनीहरूमाथि छानविन गर्न तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा समिति बनेको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता गराएको थियो ।

संम्बधित खबर

विशेष