युवा संघले सबै जिल्लामा टु‌ंग्यायो नेतृत्व(नामसहित)

युवा संघले सबै जिल्लामा टु‌ंग्यायो नेतृत्व(नामसहित)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सं‌गठन राष्ट्रिय युवा संघले जिल्ला नेतृत्व टुंग्याएको छ। संघले कात्तिक ३० गते केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको हो।

७७ जिल्ला कमिटीमध्ये तत्कालिन युवा संघले ४२ र वाइसीएलले ३५ जिल्ला संयोजक पाएका छन्। वाइसीएलले ४२ जिल्ला इञ्चार्ज र युवा संघले ३५ जिल्ला इञ्चार्ज पाएका छन्।

पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने संघ पहिलो सङ्गठन हो। जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउने छन्।

सङ्घको सदस्यीय केन्द्रीय कमिटी ३ सय ३५ जनाको हुने भएको छ। संघले आगामी शनिबार काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मङ्सिर १ गते राष्ट्रिय भेला आयोजना समेत गर्ने भएको छ।

हेर्नुहोस् संयोजक र सहसंयोजकको सूची:

संम्बधित खबर

विशेष