News

करेन्ट लागेर दुई जना भारतीय नागरिकको मृत्यु

करेन्ट लागेर दुई जना भारतीय नागरिकको मृत्यु

तनहुँमा करेन्ट लागेर दुई जना भारतीय नागरिकको मृत्यु भएकाे छ। म्याग्दे गाउँपालिका–२ जामुनेमा बिहीबार २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलमकाे ज्यान गएकाे हाे।

निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर उनीहरुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।

विशेष