News

सीमा विवाद : भारतले मिचेकोमा चीनको आपत्ति, आफूले मिचेकोमा मौन 

सीमा विवाद : भारतले मिचेकोमा चीनको आपत्ति, आफूले मिचेकोमा मौन 

काठमाडौँ ।भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश चीन पनि बोलेको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले छलफल गरेर टुंग्याउनु पर्ने बताए ।

‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ,’ प्रवक्ता सिओयोलोङले भने । तर चीनले मिचेको सीमाबारे पनि दुतावासले केही बोलेको छैन । चीनले उत्तरी नेपालका ४ जिल्लामा सीमा मिचेको प्रतिवेदन कृषि मन्त्रालयको नापी शाखाले सार्वजनिक गरेको थियो । 

सीमा विवाद : चीनले पनि मिच्यो ११ ठाउँमा सीमा

विशेष