News

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे: दक्षिणतर्फको २ महीनाभित्रै सञ्चालनमा

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे: दक्षिणतर्फको २ महीनाभित्रै सञ्चालनमा

काठमाडौं । त्रिभुवन विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महीनाभित्रै सञ्चालनमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईओटा ‘पार्किङ वे’ निर्माण गरिरहेको छ । रिमोट पर्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ । 

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महीनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ ।

दक्षिणतर्फको पार्किङ वे असोज महीनाअघि नै तयार गर्ने भनिए पनि सामग्री आपूर्ति लगायत समस्याले केही ढिला हुन गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन।  

त्रिभुवन विमानस्थल रिमोट पार्किङ वे

विशेष