News

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

म्याग्दीः पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने रुमका रमेश पुन पक्राउ परेका छन् ।

बुधबार घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय पुनलाई पक्राउ गरिएको हो । 

खुकुरी प्रहार गरी फरार भएका पुनलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमकोबीचमा रहेको खोलाबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

घटनाको विस्तृत अनुसन्धान थालिएको प्रनाउ मरासिनीले बताए । बाटोमा हिडिरहेकै अवस्थामा  खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भिर चोट लागेको छ । अहिले घाइते पुनको अवस्थामा सुधार आएको, बोल्न र मान्छे चिन्न सक्ने अवस्थामा बताइएको छ । 

म्याग्दी पक्राउ इन्द्रकुमारी पुन रमेश पुन

विशेष