News

भ्रमण वर्षको प्रचार गर्न एकसाथ ७२ देशका संरक्षणकर्मी सौराहामा

भ्रमण वर्षको प्रचार गर्न एकसाथ ७२ देशका संरक्षणकर्मी सौराहामा

चितवन। भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७२ देशका संरक्षणकर्मी जुटेका छन् । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार लागिरहेको छ ।

यो भेला प्रकृति संरक्षण र पर्यटनका लागि सुनौलो अवसरसमेत बनेको छ । भ्रमण वर्ष सन् २०२०को नजिकमा ७२ देशका संरक्षणकर्मी एकै स्थानमा जुट्नु र उनीहरुमार्फत विश्वभर प्रचार प्रसार गर्ने वातावरण बन्नु देशका लागि ठूलो अवसर हो । नेपाल सरकार र अन्तर्राष्टिय रेन्जर फेडेरेसन (आईआरएफ)को आयोजनामा मंगलबारदेखि सौराहामा नवौँ विश्व रेञ्जर सम्मेलन सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा वन, वन्यजन्तु र प्राकृतिक स्रोतहरुको संरक्षणका लागि अघिल्लो पंक्तिमा कार्यरत विश्वभरका संरक्षणकर्मीहरुको सहभागिता रहेको छ ।  यस सम्मेलनमा मन्त्रालयका उच्च अधिकारीकासाथ विभागका अधिकारीकोसमेत सहभागिता रहेको छ ।

नेपालले वन, वन्यजन्तु र प्राकृतिक संरक्षण र अनुसन्धानका उपलब्धि विश्वभर फैलाउन यो सम्मेलनले मद्दत पुगेको वन मन्त्रालयका सहसचिव एवम् यस कार्यक्रमका संयोजक डा. महेश्वर ढकालले बताएका छन।  

 

सौराहा भ्रमण वर्ष ७२ देश

विशेष