News

शुक्रवार बिहानै ४.५ म्याग्निच्यूडको भुकम्पको धक्का

शुक्रवार बिहानै ४.५ म्याग्निच्यूडको भुकम्पको धक्का

बाग्लुङ , बाग्लुङमा शुक्रवार बिहानै भुकम्पको धक्का महसुश गरिएको छ। बिहान ३ बजेर ५१ मिनेटमा ४ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्का महसुश गरिएको बताईएको छ। पछिल्लो समय कात्तिक ११ मा मुगु केन्द्र बनाएर ४ म्यग्निच्युडको भुकम्प गएको थियो।  

त्यसअघि, कात्तिक ५ गते उदयपुर केन्द्रविन्दु भएर ४ दशमलव १ तथा कात्तिक ४ गते ताप्लेजुङमा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्पको धक्का महसुश गरिएको केन्द्रले जनाएको छ ।

 

भुकम्प

विशेष