News

बोलेरो सडकबाट ३ सय मिटर तल खस्यो, एकको मृत्यु तिनको अवस्था गम्भीर

बोलेरो सडकबाट ३ सय मिटर तल खस्यो, एकको मृत्यु तिनको अवस्था गम्भीर

प्युठान।  प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा आज बिहान बोलेरो  दुर्घटना भएको छ।  दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

भिगीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बोलेरो गाडी सडकबाट ३ सय मिटर तल खस्दा १ महिलाको मृत्यु  भएको प्रहरीले जनाएको छ।  

मृतकको सनाखत भने हुन सकेको छैन।  दुर्घटनामा परि गम्भिर घाइते भएकाहरुलाई उपचारका लागि  भैरहवा पठाईएको प्युठान प्रहरीले जनाए को छ।  

 

बोलेरो दुर्घटना प्युठान

विशेष