नेपालद्वारा भारतलाई १९४ रनको लक्ष्य, पवनको अर्धशतक
काठमाडौंः आजदेखि बंगलादेशमा सुरु भएको एमसीसी इमर्जिङ एसिया कपको पहिलो खेलमा नेपालले भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन बनायो । नेपालका लागि पवन सरार्फले ५६, शरद भेषवाकरले ४४, दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले २८, करन केसीले २०, विनोद भण्डारीले ५ रन बनाए । खेल ५० ओभरको हो । बलिङमा भारतका शौरभ दुवेले सर्बाधिक ४ विकेट लिए ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो ।
भारतविरुद्ध नेपालको प्लेइङ ११ः
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी
शरद भेषावकर
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललित नारायण राजवंशी
पवन सरार्फ
सुसन भारी
आरिफ शेख
कुशल भुर्तेल