News

व्यवसायी रुपज्योती हाजिरी जमानीमा थुनामुक्त

व्यवसायी रुपज्योती हाजिरी जमानीमा थुनामुक्त

काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका व्यवसायी रुप ज्योती थुनामुक्त भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका रुप ज्योतीलाई छाडिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए। उनका अनसार जिल्ला सरकारी वकिल कार्यालयकाे पत्र आएसँगै रुप ज्योतीलाई नियमअनुसार छाडिएको हो।

सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालका अनुसार रुप ज्योतीलाई हाजिरी जमानी छाड्न परिसर काठमाडौँलाई पत्र लेखेर पठाएसँगै उनी थुनामुक्त भएका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेको छ ।

ज्योतिसमेत सेयरधनी रहेको ल्याण्डमार्क डेभलपर्सले बनाउन लागेको बाँसबारीको घर किन्न भन्दै विज्ञेन्द्रकृष्ण मल्लले २०७१ सालमा रकम बुझाएका थिए । तर, ल्याण्डमार्कले घर बनाएर नदिएको र उल्टै सो जग्गा पनि अर्कैलाई विक्री गरेको भन्दै मल्लले प्रहरीमा जाहेरी दिएका थिए ।

मल्ल र ज्योति परिवारबीच कुरा मिलेर मुद्दा फिर्ता लिने सहमति भएको बताइएको छ । २०७५ मंसिर १६ मा मल्लले रुपज्योतिसहितका ११ जनाले उनको १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएका थिए । साे लगत्तै गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । 

विशेष