पूर्वमन्त्री आलमलाई थुनामा राख्न अदालतको आदेश

रौतहट कारागारमा राखिने 

पूर्वमन्त्री आलमलाई थुनामा राख्न अदालतको आदेश

रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।  राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

८ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिएपछि आलमको मुद्दामा अदालतले फैसला गर्ने छ।

बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो। रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।

आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन्।

आलम गौर कारागार चलान गरिएको छ । थुनछेक बहसको अन्तिम दिन शुक्रत्रबार मृतक त्रिलुकप्रताप सिंहका बुवा श्रीनारायण प्रसाद सिंहलाई अन्तिम भनाइ राख्न समय दिइएको थियो । आरोपी आलमलाई पनि आफ्नो भनाइ राख्न समय दिइएको थियो ।

वि.सं. २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका युवाहरुलाई जलाएर मारेको अभियोग लागेको छ ।

चुनावमा बुथ कब्जा गर्न ल्याइएको बम विस्फोट भएको र सोही विस्फोटनमा करिब दुई दर्जन मानिस घाइते भएको दाबी गरिएको छ । यो घटनामा स‌लग्न भनिएका अरु १० जना भने फरार छन् ।

मोहमद अफताब आलम

संम्बधित खबर

विशेष