News

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एकवर्षभित्र संचालन हुन्छ: पर्यटनमन्त्री

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एकवर्षभित्र संचालन हुन्छ: पर्यटनमन्त्री

काठमाडौँ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन् ।

उनले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा ल्याउने गरी काम अघि बढेको बताए । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिएको उल्लेख गरे । 

मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताए । 

यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो।  

योगेश भट्टराई पर्यटनमन्त्री

विशेष