विदेश

रेस्लर तथा अभिनेता रकको निधन हल्ला मात्र

रेस्लर तथा अभिनेता रकको निधन हल्ला मात्र

एजेन्सीः एक जमानामा ‘द रक’का नामले चर्चित रेस्लिङ खेलाडी तथा पछिल्लो कालमा लोकप्रिय एक्सन हिरोका रुपमा हलिउडमा स्थापित नायक जोनसनको इन्टरनेटले हत्या गरेको छ ।

विश्वचर्चित सञ्चार संस्था बीबीसीको लोगोसहितको एउटा समाचार विभिन्न अनलाइनहरु तथा सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा एउटा खतरनाक स्टन्ट गर्ने क्रममा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।

रोचक चाहिँ के छ भने सामाजिक सञ्जालमा उक्त खबरका साथ भिडियो पनि राखिएको देखाइएको छ, जसलाई खोलेर हेर्न खोज्दा सो समाचार सेयर गर्ने मेसेज स्वतः खुल्न जान्छ ।

वास्तवमा, द रक मारिएको खबर वास्तविक नभएर इन्टरनेटमा फैलिएको गलत हल्ला मात्रै हो । ४७ वर्षीय जोनसन त्यस्ता कुनै दुर्घटनामा नपरेको र उनी स्वस्थ एवं जीवितै छन् ।

त्यसो त हलिउडका नायक नायिकाहरु मरेका वा मारिएका यस्ता खबरहरु बारम्बार इन्टरनेटमा भाइरल हुने गर्छन् । हलिउडका अर्को चर्चित नायक सिल्भेस्टर स्टालोनलाई पनि इन्टरनेटले थुप्रै पटक प्रोस्टेट क्यान्सरको हवाला दिँदै मारिसकेको छ जबकि ७१ वर्षीय ती नायक त्यस्त कुनै रोगले पीडित छैनन् र उनी अझै पनि तन्दुरुस्त नै रहेका छन् ।

द रक जोनसन

विशेष