News

आलम प्रकरण : साक्षीलाई सुरक्षाकै चिन्ता

आलम प्रकरण : साक्षीलाई सुरक्षाकै चिन्ता

रौतहट।   राजपुर बमकाण्डका साक्षी गौरीशंकर रामले तत्काल बकपत्र गराइदिन माग गर्दै बिहीबार जिल्ला अदालतमा निवेदन दिएका छन् । विस्फोटमा संलग्न मोहम्मद आफ्ताब आलमका मानिसले आफूलाई अपहरण गरेर जबर्जस्ती कागजमा हस्ताक्षर गराउन सक्ने भन्दै उनले सुरक्षा मागेका छन् ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको विस्फोटमा छर्राले उनका दुवै कान चुँडिएका छन् । भारतीय नागरिक उनी त्यति बेला तीन महिना उपचारपछि घर फर्किएका थिए । एक साताअघि पनि आलमका मानिसले आफूलाई घरबाटै अपहरण गरेर बयान फेरिएको कागजमा सही गर्न लगाई अदालतमा पेस गरेको उनले बताए ।

आलमले सजाय नपाएसम्म घर नफर्कने अडान लिएका उनी प्रहरीको शरणमा आइपुगेका हुन् । कांग्रेस नेता एवं पूर्वमन्त्री आलममाथि विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोग छ । आफूलाई विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको विवरण लेखिएको कागजमा जबर्जस्ती सही गराइएको भारत, बैरगनियास्थित मुसाचोकका रामले बताए ।

यो समाचार आजको कान्तिपुर  दैनिकमा शिव पुरीले लेखेका छन।  

 

मोहम्मद आफ्ताब आलम

विशेष