News

फेरी मृगौला प्रत्यारोपण गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली

फेरी मृगौला प्रत्यारोपण गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली

काठमाडौँ। बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरूले सुझाएका छन्  ।

त्यसैले उनले बालुवाटारबाटै नियमित काममा सक्रियता बढाएका हुन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन्  । यस विषयमा छलफल चलिरहेको छ  ।

प्रत्यारोपणका लागि विदेश जानुअघि नै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय सञ्चालनमा कमजोर कार्यक्षमता देखाएका मन्त्रीलाई बिदाइ, केहीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको काम तत्काल टुंग्याउन चाहेका छन्  ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको फेरि उपचार गर्नुपर्ने भए पनि ठ्याक्कै यही पद्धति अपनाउने भन्ने टुंगो लागिसकेको छैन । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो भने उनको लामो समय उपचारमा बित्न सक्छ । त्यसैले थप उपचार सुरु गर्नुअघि नै पार्टी र सरकार सञ्चालनका लागि आवश्यक निर्णय गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको स्रोतले जनाएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।  

प्रधानमन्त्री ओली

विशेष