News

मङ्सिर १ गते सार्वजनिक विदा

मङ्सिर १ गते सार्वजनिक विदा

काठमाडौँ ।  मङ्सिर १ गते गोरखाको एक गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । आउँदो आइतवार शहीदलखन गाउँपालिकाले गुठी अवसरमा बिदा दिने जनाएको छ ।

गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मंसिर १ गते  गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा गरिने भएकोले विदा दिने निर्णय गरेको जनाइएको छ ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार सार्वजनिक विदा दिने निर्णय भएको छ,’

सार्वजनिक बिदा

विशेष