News

किशोरीलाई ललाईफकाई विवाह गर्ने किशोर पक्राउ

किशोरीलाई ललाईफकाई विवाह गर्ने किशोर पक्राउ

उदयपुर, उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा किशोरीलाई  भगाएर विवाह गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।  

पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए। 

जिल्लामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बालविवाह बढ्दै गईरहेको अवस्थामा किशोरलाई पक्राउ गर्न सफल भएको पनि केसी ले जनाए।  

 

बालविवाह

विशेष