१० वर्षदेखि छोरी मात्र
अक्सर हामीले देख्ने गरेका छौं कुनै गाउँमा महिलाको संख्या कम र पुरुषको संख्या बढी भएको । समान अनुपातमा महिला पुरुष बरावर भएको घटना सायदै हालसम्म सुनिएको छ। तर एक गाउँ भने यस्तो छ जहाँ बिगत १० बर्षदेखि छोराको जन्म भएकै छैन।
न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार पोल्याण्डको एक गाउँ मिजस ओड्रजन्स्कीमा अचम्मको जनसंख्या विसंगति देखिएको छ। यहाँ करिब बिगत १० बर्ष पहिले एक जना छोरा मान्छेको जन्म भएको थियो। त्यसपश्चात भने यस गाउँमा छोरीहरु मात्र जन्मिएका छन। यस हिसाबले अब यो गाउँ वैश्विक मिडियाको केन्द्र बनेको छ।
एक रिपोर्ट अनुसार अप्रत्यसित रुपमा १० बर्षदेखि छोरी मात्र जन्मनुलाई सांख्यिकीय संयोग मात्र भएको जनाईएको छ।