News

सीमा विवादमा सरकारले कुटनीतिक पहल ढिलाई गरेको भन्दै नेविसंघ सडकमा

सीमा विवादमा सरकारले कुटनीतिक पहल ढिलाई गरेको भन्दै नेविसंघ सडकमा

काठमाडौँ।  भारतले सिमा मिचेको बिषयमा सरकारले कुटनीतिक पहलमा ढिलाई गरेको भन्दै नेविसंघका बिद्यार्थी नेताहरु राजधानीको नेपालटारमा बिरोधमा उत्रिएका छन।  नेविसंघ सामुदायिक क्याम्पस समितिका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा भएको विरोध र्‍याली नेपालटारबाट सुरु भएर बाइपास, माछापोखरी हुँदै पुन: नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई कोणसभालाई नेविसंघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेविसंघ आर आर क्याम्पसका सचिव अनुराग शाह, नेविसंघका नेता सुशान्त सिटौला, ग्रामीण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाँल, दीपेन्द्र ढकाल र चन्द्र रावत लगायतले सम्बोधन गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेताहरुले सिमा अतिक्रमण हुँदा पनि सरकार भने कानमा तेल हालेर बसेको भन्दै चर्को स्वरमा आलोचना गरेका थिए।  

बिरोध र्यालीमा सहभागी भएका बिद्यार्थीहरुले 'सरकार किन मौन' भन्ने प्रश्न समेत सोधेका थिए।   

 

नेविसंघ बिरोध प्रदर्शन

विशेष