काउसो दलेर रकम लुट्ने २ भारतीय पक्राउ

भद्रपुर। काउसो दलेर रकम लुट्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ।
भारत बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र १२ वर्षीय तुसार ग्वालालाई बिर्तामोडस्थित मनमोहन अस्पताल नजिकैबाट पक्राउ गरिएको बिर्तामोडका डीएसपी मोहन थापाले जनाएका छन।
उपचारका लागि मनमोहन अस्पताल आएका अर्जुनधारा–६ का बमबहादुर तामाङलाई ग्वालाले काउसो दलेर लुटपाटको प्रयास गरेका थिए। छोराको उपचारका लागि आएका तामाङको साथबाट ५० हजार नगद रहेको झोला लुट्ने प्रयास गरिएको प्रहरीको भनाइ छ।
बिहीबार अपरान्ह ४ बजे पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमै राखेर थप अनुसन्धान अघि बढाइएको छ।
लुटपाट पक्राउ