तरुण दलले किन गर्यो बाँके बन्द ?
बाँके । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले बाँके बन्द आह्वान गरेको छ । दलले हतियारसहित पक्राउ परेका नेपालगन्ज नगर सभापति सन्दीजंग शाहको रिहाईको माग गर्दै आज बन्दको आह्वान गरेको हो ।
बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । सार्वजनिक यातायात, शिक्षण संस्था, कलकारखाना, व्यापार व्यवसाय प्रभावित भएका छन् । तरुणदलका कार्यकर्ताले बिहानैदेखि नेपालगन्जको विपिचौक, धम्बोझीचौक, पुष्पलालचौक, कोहलुर चौराहमा प्रदर्शन गरेका छन् ।
तरुण दल बाँकेले प्रहरीले नगरसभापति शाहलगायत आफ्ना कार्यकर्तालाई अनाहकमा दुःख दिएको भन्दै केही दिन देखि चरणबद्ध आन्दोलन गर्दै आएको छ । बाँके प्रहरीले तरुणदल नेपालगन्ज सभापति शाहलाई गत कात्तिक १४ गते साँझ नेपालगन्ज–२० मा रहेको नमस्ते भिलेज रेस्टूरेन्टबाट अमेरिकन पेस्तोल र त्यसको २ थान गोलीसहित पक्राउ गरेको थियो ।