News

प्रधानमन्त्री ओलीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

प्रधानमन्त्री ओलीको सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका ६ जनाको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री निकट श्रोतका अनुसार प्रधानमन्त्री ओलीकै आग्रहमा राजीनामा दिएका सचिवालयका ११ जनामध्ये ६ जनाको मात्र राजीनामा स्वीकृत गरिएको छ । 

प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । 

यससँगै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।

केपी शर्मा ओली राजीना सचिवालय

विशेष