प्रधानमन्त्रीको सचिवालयबाट को को भए पदमुक्त ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कार्यरत छ जनालाई पदमुक्त गरेका छन् । पदमुक्त हुनेमा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् ।
सुरुमा सचिवालयमा कार्यरत १३ जना नै पदमुक्त हुने भनिएपनि छ जनालाई मात्रै मंसिर १ गतेवाट लागू हुने गरी हटाइएको हो । प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायतका केही भने यथावत रहेका छन् ।
रिमाल र भट्टराईको राजीनामा स्वीकृत नभएको बताइएको छ । केही समयअघि प्रधानमन्त्री ओलीले सचिवालयमा कार्यरत सबैको राजीनामा माग गरेका थिए ।