राजपुर बमकाण्ड : आलमविरुद्धको थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउँदै
रौतहट – रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका पूर्व सासंद मोहम्मद आफताब आलमविरुद्धको थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आजै आदेश हुने अदालत स्रोतले बतायो ।
बहस सकिएपछि आजै आदेश हुने अदालत स्रोतले बतायो । वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए ।
आलमलाई अनुसन्धानका लागि भन्दै प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान सकेर प्रहरीले आलम र उनका भाइ महताब आलमसहित ११ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ। २०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैद मागदाबी गरिएको हो।