हेलिकोप्टर प्रयोग गरी गर्भवतीको उद्धार
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१, हुरीकोटकी ३० वर्षीया जनमदेवी बुढा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ। उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको उनले बताए। एक वर्षयता जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको उनले बताए।