मौसममा बदली : भारत र पाकिस्तानको मौसमी प्रणालीको असर
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा नेपालमा सामान्य मौसम बदली भएको छ । पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणाली रहेको छ । साथै भारतको राजस्थानमा न्यून चापिय प्रणाली विकसित भएको छ ।
यिनै मौसमी प्रणालीहरूको सामान्य असर नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।