News

मोटरसाईकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

मोटरसाईकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

चितवन।  भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रवार राति मोटरसाईकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ।  रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना १५ प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको  प्रहरीले जनाएको छ।  दुर्घक्ताना राती १२ बजे भएको थियो।  

 

मोटरसाईकल दुर्घटना

विशेष