आलमलाई मध्यरातमा काठमाडौँ ल्याईयो
रौतहट। रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याईएको छ।
उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । १२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनलाई गाडीमा हालेर रातको करिब एक बजे नख्खु कारागारमा पुर्याइएको हो ।
आलम नख्खु कारागार