News

हात्तीको आक्रमणबाट बाबु छोराको मृत्यु

हात्तीको आक्रमणबाट बाबु छोराको मृत्यु

चितवन । चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु भएको छ। 

मृत्यु हुनेमा माडी नगरपालिका १ का ६० बर्षिय बाबुराम पौडेल र ३५ बर्षिय राजु पौडेल रहेका छन् ।

आज विहान माडीको बरुवाबाट लु ३१ प २९११ नम्वरको मोटरसाइकलमा बाँदरझुला तर्फ जाँदै गरेका उनिहरुलाई माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो ।

उनिहरु माथि आक्रमण गर्नुभन्दा अघि पनि हात्तीले बसलाई समेत बाटो छेकेको थियो । 

घटना लगत्तै नेपाली सेना,प्रहरी र जनप्रतिनिधि सहित स्थानियहरु घटनास्थलमा पुगेका थिए । शवको मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चितवन हात्ती आक्रमण

विशेष