News

प्रहरीद्वारा ५ थान अत्याधुनिक हतियार 'एसएमजी राइफल' बरामद

प्रहरीद्वारा ५ थान अत्याधुनिक हतियार 'एसएमजी राइफल' बरामद

दाङ।  कपिलवस्तु र दाङको सीमा क्षेत्रबाट प्रहरीले ५ थान अत्याधुनिक हतियार 'एसएमजी राइफल' बरामद गरेको छ ।  राइफलमा लाग्ने गोली र म्यागजिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहले भित्र्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।  

स्राेतका अनुसार  नेत्रविक्रम चन्द बिप्लव समूहले हतियार ल्याउँदै भित्र्याइरहेकाे सूचना प्रदेश ५ को प्रहरी कार्यालय, दाङले दिएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोली सो क्षेत्रमा परिचालित भएको थियो ।

प्रहरी टोलीले कपिलवस्तुको शिवनगरस्थित शिवनगर नगरपालिका– १ स्थित एक गोठबाट लुकाइराखेको अवस्थामा ती हतियार फेला पारेको हो ।

राइफल बरामद

विशेष