देउवा भन्छन् – भारत र चीनले सीमा मिच्दासमेत दुई तिहाइको सरकार मौन
कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको सीमा मिचिँदासमेत दुई तिहाइको सरकार मौन बसेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शनिबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी क्षेत्र नेपालकै रहेकाले भारतले दाबी गर्न नहुने बताए ।
कालापानी क्षेत्रको नाका नेपाल भारत र चीनको त्रिदेशिय नाका रहेको उनको भनाइ छ । उनले भने– ‘ सीमा मिचिँदासमेत दुइ तिहाइकाे सरकार माैन छ ।’
महाकाली नदीको उद्गम स्थल भन्दा पश्चिमी भूभाग नेपालको रहेको उनले बताए। अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गर्नु पर्ने उनको भनाइ छ ।